टेक्टरको ठक्करबाट रानीजरुवाका एक बालकको ज्यान गयो

तुलसीपुर,२२ मंसीर । गएराती तुलसीपुरमा टेक्टरले ठक्कर दिदा एक बालकको ज्यान गएको छ । ज्यान जानेमा छत्रेश्वरी गाउँपालिका वडा नम्वर १ सल्यान स्थायी घर भई हाल तुलसीपुर ५ रानीजरुवामा बस्दै आएका १२ बर्षिय बालक नवीन वली रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी प्रेम बहादुर शाहीले जानकारी दिएका छन् । गएराती साढे आठ बजेतिर तुलसीवुर ८ टिकरी भन्ने स्थानमा लु २ त ४१८७ नम्वरको टेक्टरले बालकलाई ठक्कर दिएको थियो । उनको घटना स्थलमै ज्यान गएको बताईएको छ ।

मृतक बालक आमा संगै रानीजरुवामा बस्दै आएका थिए । बालकलाई ठक्कर दिने टेक्कर चालक अझै फरार भएका छन् भने टेक्टरलाई प्रहरीले खोजतलास गर्ने क्रममा राती नै तुलसीपुर ३ दमारगाउँ जंगलमा फेला पारेको डिएसपी शाहीले जानकारी दिएका छन् । चालकको खोजीकार्य जारी रहेको छ भने मृतक बालकको शवलाई पोष्टमार्टमका लागी राप्ती अन्चल अस्पताल तुलसीपुरमा राखीएको छ ।

यस्तै उता सल्यानमा टेक्टर दुर्घटना हुदा एक जनाको ज्यान गएको छ । दाङबाट रुकुम जाँदै गरेको ट्रयाक्टर शुक्रवार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । रा १ त २६२८ न ट्रयाक्टर सल्यान बागचौर नगरपालिका–४ जलेखर्कमा दुर्घटना हुँदा पूर्वी रुकुम उत्तरगङ्गा गाउँपालिका–११ का ३३ वर्षीय ट्रयाक्टर चालक प्रवीन विकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

दुर्घटनामा परी पश्चिमरुकुम, त्रिवेणी गाउँपालिका–१० टोटकेका २८ वर्षीय ईश्वर साहु घाइते भएका छन् । घाइतेको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक वीरेन्द्रबहादुर शाहीले बताए । सामान लिएर जाँदै गरेको ट्र्याक्टर सकडबाट करीब ६०० मिटर तल खसेको हो ।

प्रकाशित मिति : २०७५ मङ्सिर २२ गते शनिवार
प्रतिक्रिया