कम्युनिष्ट आन्दोलनका अग्रज नेता बस्नेत गम्भीर विरामी

तुलसीपुर,२२ तुलसीपुर ।

दङ्गाली कम्युनिष्ट आन्दोलनका अग्रज नेता शोभाराम बस्नेत गम्भीर विरामी परेका छन । गयराति विरामि भएपछि उनलाई राप्ती अञ्चल अस्पताल तुलसीपुरमा ल्याईएको थियो । तर उनको उपचार यँहा सम्भव नभएपछि उनलाई लखनउ लैजान लागिएको मान बहादुर रावतले जानकारी दिएका छन ।

यसैविच,तुलसीपुर उपमहानगरका नगर प्रमुख घनश्याम पाण्डेले बस्नेतको श्वास्थ्य लाभको कामना गरेका छन । उनलाई भेट्न विहान अञ्चल अस्पताल पुगेर फर्केपछि एक विज्ञप्ती जारी गरी कम्युनिष्ट आन्दोलनमा महत्वपुर्ण भुमिका खेलेका बस्नेतको सिघ्र श्वास्थ्य लाभको कामना गरेका हुन । बस्नेतलाई मृगौलाको समस्या रहेको चिकित्सकले बताएका छन ।

प्रकाशित मिति : २०७५ मङ्सिर २२ गते शनिवार
प्रतिक्रिया