जेष्ठ नागरिकलाई घरमै पुगेर परिचय पत्र वितरण

तिर्थराज ज्ञवाली 
२१ मंसिर सिसहनिया (दाङ) राप्ती  गाउँपालिका वडा नं ५ मा  जेष्ठ नागरिकहरुलाई परिचय पत्र वितरण तथा नविकरण शुक्रवार देखी घुम्ती टोली निर्माण गरि वितरण सुरु गरिएको छ ।
जेष्ठ नागरिकहरुलाई परिचय पत्र वितरणमा सहजहोस भनि टोल टोलमा जनप्रतिनिधि तथा कर्मचारी पुगेर परिचय पत्र वितरण गरिने  वडा नं ५ का वडा अध्यक्ष गोवर्धन रावतले जानकारी दिनुभएको छ ।
घुम्ती टोलीले राप्ती  गाउँपालिका वडा नं ५ मा करिव ४०२ बढि जेष्ठ नागरिकहरुलाई परिचय पत्र वितरण गरिने साथै नयाँ सामाजिक सुरक्षा भक्ता वितरणको लागि फारम भर्नेकार्य समेत गरिने वडा अध्यक्ष गोवर्धन रावतले जानकारी दिनुभएको छ ।
ठुलो भौगोलीक क्षेत्र तथा पहाडि क्षेत्र समेत रहेको वडा नं ५ को शुक्रवार कालापानी, कमल रोड बजार क्षेत्रका नागरिकको जेष्ठ नागरिक परिचय पत्र वितरण तथा सामाजिक सुरक्षा भक्ता वितरणको लागि फारम भर्नेकार्य गरिएको र मंसिर  २४ गते पहरुवा, मंसिर २५ गते  लट्ठहवा सिङगे, पुष १ गते करङ्गे पुनखोलामा टोली गई जेष्ठ नागरिक परिचय पत्र वितरण तथा सामाजिक सुरक्षा भक्ता वितरणको लागि फारम भर्नेकार्य गरिने वडा सचिव शेर बहादुर हमालले  जानकारी दिनुभएको छ ।

प्रकाशित मिति : २०७५ मङ्सिर २१ गते शुक्रवार
प्रतिक्रिया