मोटरसाईकल दुर्घटना हुदा एकको मुत्यु ,दुई घाईते

तुलसीपुर, १९ मंसीर । दाङको गढवामा गएराति मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । वेलाबाट गढवातर्फ जादै गरेको रा३प ३७२७ नंम्वरको मोटरसाइकल गढवा गाउँपालिका–७ चन्दनपुर भन्ने स्थानमा अनियन्त्रित भई दुर्घटना हुँदा सोही वडाको मानपुर बस्ने १९ वर्षीय दिनेश चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

चौधरीको उपचारको क्रममा लमही अस्पतालमा मृत्यु भएको हो । उनी मोटरसाईकलमा सवार हुन् । दुर्घटनामा सोही ठाउँका १८ वर्षीय रोशन चौधरी र १७ वर्षीय महेश चौधरी घाइते भएका छन् । उनीहरुको लमही अस्पतालमा सामान्य उपचार पछि कोहलपुर रिफर गरीएको जिल्ला प्रह्री प्रमुख बेल बहादुर पाण्डेले जानकारी दिएका छन् ।

दुर्घटना गएराती साढे सात वजेतिर भएको हो । तिन जना सवार मोटरसाईकल तिव्र गतिका कारण अनियन्त्रित भई विद्युतको पोलमा ठोकिएर दुर्घटना भएको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : २०७५ मङ्सिर १९ गते बुधवार
प्रतिक्रिया