१९ बाहिनीमा भर्ना खुल्यो, आवेदन दिनेको लर्को

तुलसीपुर १८ मंसिर
श्री नं १९ बाहिनी अड्डा तुलसीपुरमा सैन्य पदका लागि भर्ना खुलेको छ । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले रिक्त रहेको पद पूर्तिका लागि मंसिर १० गते भर्ना खुल्ला गरेको नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले जानकारी दिनुभयो । एक सय जनाको कोटा रहेको बाहिनीमा महिला ९ जना, आदिवासी÷जनाजाती १४, मधेशी १३, दलित ७ , पिछडीएको २ र खुल्ला तर्फ ५५ जनाको कोटा कायम गरिएको छ ।

सोमबार देखि सैन्यका लागि आवेदन लिन सुरु गरिएको बाहिनीमा अहिले सम्म करिब ५० जनाले दरखास्त दिएका छन् । सैन्यमा भर्ना हुनका लागि पुरुषका लागि अग्लाई ५ फिट ३ ईन्च, तौल ५० किलो, छाती नफुल्याउदा ३२ र फुल्यादा ३४ हुनु पर्ने छ भने महिलाको हकमा अग्लाई ५ ईन्च, तौल ४० ईन्च र योग्यता न्युनतम कक्षा ८ पास गरेको हुनु पर्ने छ । मंसिर २४ गते सम्म साधारण दस्तुरमा भर्ना गर्ने जनाएको बाहिनीले त्यपछि पुष २ गते सम्म दोब्बर दस्तुरमा भर्नाका लागि आवेदन लिने बताएको छ ।

प्रकाशित मिति : २०७५ मङ्सिर १८ गते मङ्गलवार
प्रतिक्रिया