तिर्थराज ज्ञवाली
१८ मंसिर, मसुरीया (दाङ) / राप्ती गाउँपालिका क्षेत्रलाई लैङिक हिंसा रहित क्षेत्र बनाउने अभियानलाई सफल पार्न सबै नागरिक लाग्नको लागि सबैमा गाउँपालिकाले आब्हान गरेको छ
लैङिगक हिंसा र दुब्र्यवहार ः छैन हामीलाई स्वीकार भन्ने मुल नाराका साथ राप्ती गाउँपालिकाको आयोजनामा राप्ती गाउँपालिका क्षेत्रमा १६ दिननै विभिन्न कार्यक्रमको आयोजना गरि लैिङ्गक हिंसा विरुद्ध १६ दिने अभियान चलीरहेको अवस्था छ ।
गाउँपालिकाले नागरिकलाई लैङ्गिक हिंसा भनेको केहो, कस्तो प्रकृतिको ब्यवहारलाई लैङ्गिक हिंसा भनिन्छ, लैङ्गिक हिंसा गर्नेलाई कस्तो सजाए हुन सक्छ, आम नागरिकको लैङ्गिक हिंसा विरुद्ध कस्तो भुमीका रहन्छ भन्ने विषयमा जानकारी रेडियो तथा स्थानिय टेलीभिजन तथा वडा कार्यालय मार्फत सुचित गर्दै जनचेतना फैलाईरहेको अवस्था छ ।
राप्ती गाउँपालिकामा लैङ्गिक हिंसा विरुद्ध ¥याली, अन्तरक्रिया, तालीम लगाएतका कार्यक्रम सञ्चालन गदै आईएको र महिला मात्र नभै बालबालीका, जेष्ठ नागरिक समेत हिंसामा पर्नेहुदा सबैलाई हिंसा बाट बचाउन गाउँपालिकाले कार्यक्रम ल्याएको उपाध्यक्ष जगदम्वा कुमारी चौधरी बताउनु हुन्छ ।
कुटपीटलाई मात्र हिंसा मानिने अवस्था विगतमा रहेको भएपनि आजभोली लैिङ्गक हिंसाको परिभाषा बिस्तृत भएको र जिस्काउनु, मन नपरेकोले छुनु, गालीगलौच गर्नु पनि लैिङ्गक हिंसा रहेकोहुदा सबैलाई बुझाउनु आवस्यक रहेको उपाध्यक्ष चौधरी को भनाई छ
लैिङ्गक हिंसा संग सम्वन्धित विवाद, झै झगडा, गुनासा गाउँपालिकाको न्यायीक समितिमा आउने गरेकोमा हिंसाको प्रक्रिति अनुसार कानुनी उपचारका लागि परामर्श दिईने साथै जघन्य हिंसा भए कानुनी उपचारको लागि सम्वन्धित कार्यालयमा पठाईने न्यायिक समिति संयोजक समेत रहनुभएकी उपाध्यक्ष जगदम्वा कुमारी चौधरीको भनाई रहेको छ ।
राप्ती गाउँपालिकाकी उपाध्यक्ष जगदम्वा कुमारी चौधरीले हिंसालाई सामान्य रुपमा लिई कोहि पनि लैिङ्गक हिंसामा पर्न नुहुने र कसैले पनि त्यस्तो हिंसा गर्न पनि नुहुने बताउदै सबै नागरिक लैिङ्गक हिंसा विरुद्ध लाग्न अनुरोध समेत गर्नुभएको छ ।
लिङ्गका आधारमा हुने सबै किसीमका हिंसाका विरुद्ध नागरिकलाई सचेत गराउन राष्ट्रिय अभियान चलीरहेको बेला हिंसा विरुद्ध नागरिकलाई सचेत गराउनु स्थानिय सरकारको दायित्व रहेको हुदा स्थानिय स्तरमा अभियानका रुपमा विभिन्न कार्यक्रमको आयोजना गरि लैिङ्गक हिंसा विरुद्ध राप्ती गाउँपालिकाले समेत अभियान चालेको राप्ती गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जगत प्रसाद भुसाल बताउनु हुन्छ ।
मानिस समाजमा सम्मान पुर्बक रहन चाहने हुदा लैिङ्गक हिंसा गर्ने लाई सामाजिक रुपमा बहिस्कार गर्न आवस्यक रहेको र लैिङ्गक हिंसा सामाजिक अपराध भएको हुदा हिंसा गर्न पनि नहुने र सहन पनि नहुने राप्ती गाउँपालिकाका प्रमुख भुसाल बताउनु हुन्छ ।
लैिङ्गक हिंसामा परेका पीडितहरुले आफु हिंसामा परेको भनि ९० दिन भित्र उजुरी दिएमा हिंसा गेर्नेलाई कारर्वाहि हुने, जरिवाना तथा कैद समेत पीडकलाई हुने र पीडित लाई निशुल्क सहायताको ब्यवस्था समेत रहेको प्रशासकिय अधिकृत जगत प्रसाद भुसालको भनाई रहेको छ ।
राप्ती गाउँपालिका एक पहाडी तथा ग्रामीण बस्ती रहेको गाउँपालिका को रुपमा रहेकोले लैिङ्गक हिंसा न्युनिकरण कालागि जनप्रतिनिधि, निगरानि समुह सक्रिय रुपमा लागिरहेको अवस्थामा जनप्रतिनिधि, निगरानि समुहका सदस्यहरुलाई लैिङ्गक हिंसा विरुद्ध अभिमुखीकरण तालीमको आयोजना गरिएको राप्ती गाउँपालिकाका प्रबक्ता विद्याशरण चौधरी बताउनु हुन्छ ।
हिंसा गर्ने ब्यक्तिलाई समाजले बहिस्कार र कानुनले कार्वाहि गर्नेहो भने हिंसा न्युनिकरण हुदै जाने र समाजमा भैरहेका कानुन विपरित तथा अनैतिक कार्यनै हिंसाको रुपमा मानिने हुदा समाजमा चेतना ल्याउन आवस्यक रहेकोले गाउँपालिका तथा जनप्रतिनिधि लागिरहेको प्रबक्ता विद्याशरण चौधरी बताउनु हुन्छ ।
राप्ती गाउँपालिकामा चलीरहेको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको मध्य समयमा आईपुग्दा उपलब्धि देखिएको र अभियानले महिला बालबालीका र जेष्ठ नागरिकको क्षेत्रमा काम भैरहेको अनुभुति नागरिकले गर्दै आएको सहायक महिला विकास निरीक्षक विनिता अधिकारी बताउनुहुन्छ ।