दाङमा छ वटा मोटरसाईकलमा आगजनी

तुलसीपुर, १७ मंसीर । दाङको राजपुर गाउँपालिका–४ जहरेघाटमा छ वटा मोटरसाइकलमा आगजनी भएको छ । गोरु तस्करी र स्थानीयबीच विवाद हुँदा स्थानीयले मोटरसाइकलमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । घटना गएराती साढे ९ वजेतिर भएको हो ।
गोरु तस्करी भइरहेका बेला गाउँलेले रोक्न खोजेपछि भएको विवादपश्चात् स्थानीयले आगजनी गरेको भन्ने खुल्न आएका जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिएका छन् । केहि व्यक्तिले गोरु लैजादै गर्दा स्थानियले रोक्न खाजेपछि उनीहरु भागेको र त्यस पछि मोटरसाईकलमा आएको टोली समेत आक्रमण गर्न खोज्दा उनीहरु मोटरसाईकल छोडेर भागेपछि मोटरसाईकलमा आजगजी भएको बताईएको । घटनाको विषयमा अनुसन्धान गर्न जिल्ला प्रहरी प्रबक्ता डिएसपी राम प्रसाद घर्तिमगरको नेतृत्वमा प्रहरी टोली घटना स्थल तर्फ गएको बताईएको छ ।

प्रकाशित मिति : २०७५ मङ्सिर १७ गते सोमवार
प्रतिक्रिया