किमगैरा सम्म बाटो पुग्छ :  मेयर पाण्डे

 

 

तुलसीपुर १६ मंसिर
तुलसीपुर उपमहागनरपालिकाका मेयर घनश्याम पाण्डेले आफनै कार्यकालमा सल्यानको सिमाना किमगैरा सम्म मोटरबाटो पुर्‍याउने बताएका छन । तुलसीपुर ३ को पैयाखोरीया देखि सातबास सम्मको करिब ३ किलोमिटर कृषि सडकको उद्घाटन गर्दै मेयर पाण्डेले बाँकी अुधरो काम पुरा गर्ने बताउनुभयो । बचपनमा पैदल हिडेर दाङबाट सल्यान र सल्यानबाट दाङ ओहरदोहर गर्ने सडकमा मोटरमा चढेर उद्घाटन गर्न पाउँदा ज्यादै खुशी लागेको उनले बताए ।

बिजुली बत्ती र खानेपानीको पनि समस्या समाधान गर्ने बताउदै पाण्डेले कृषिजन्य वस्तुको उत्पादन गरी बजारमा पुर्‍याउनु पर्ने बताउनुभयो । ‘ बजारबाट रक्सी, वियर ल्याएर समाजमा विकृति फैलाउने हैन,’ मेयर पाण्डेले भने , ‘ अदुवा, मकै, कोदो, तरकारी उत्पादन गरी बेचेर आम्दानी गर्नुस ।’ सो अवसरमा कपुरकोट गाउँपालिका अध्यक्ष भिमबहादुर सेनले २५ बर्ष अघि अदुवा बेच्न त्यहीबाटो हिडेको स्मरण गर्दै सल्यानबाट पनि दाङको सिमना छुनेगरी आगमी बर्ष बजेट विनियोजन गरेर दाङ सल्यानलाई जोड्ने बताउनुभयो । बाटो निर्माण समितिका अध्यक्ष मित्रलाल कठायतको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष विजय विक, समाजसेवी कलीभान रोका, भुपेन्द्र घर्ती लगाएतले बोलेका थिए ।

प्रकाशित मिति : २०७५ मङ्सिर १६ गते आइतवार
प्रतिक्रिया