शान्ति समाजको केन्द्रीय महासचिबमा दाङका सुशील बस्नेत चयन

तुलसीपुर, १६ मंसीर । मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय महासचिबमा दाङका सुशील बस्नेत चयन भएका छन् । मोरङको बिराटनगरमा भएको २१ औ राष्ट्रिय परिषद बैठक एव अधिबेशनले उत्तम पुडासैनी को नेतृत्वमा मानव अधिकार तथा शान्ति समाजको नयाँ कार्यसमिति निर्बिरोध रुपमा चयन गरेको छ ।
जसको बरिस्ठ उपाध्यक्षमा गोबिन्द खनाल,महासचिवमा दाङ शाखाका पुर्व सभापति तथा पुर्व केन्द्रीय सचिव समेत भईसकेका सुशील बस्नेत निर्बिरोध चयन भएका छन्। त्यसैगरि उपसभापतिमा (महिला तर्फ) रेणुका पौडेल रहेका छन् । करिव ढेड दशक देखि रेडियो पत्रकारीता गरिरहेका बस्नेत हाल दाङको तुलसीपुरमा रहेको रेडियो तुलसीपुर एफएमका सम्पादक हुन् ।

प्रकाशित मिति : २०७५ मङ्सिर १६ गते आइतवार
प्रतिक्रिया