पातुखोलाबाट एक ट्याक्टर प्रहरीको नियन्त्रणमा

तुलसीपुर, १६ मंसीर । अवैध रुपमा तुलसीपुरको पातुखोलाबाट नदीजन्य बस्तु गरेको भन्दै एक ट्याक्टरलाई प्रहरीले आईतवार विहान नियन्त्रणमा लिएको छ । रा १ त १८१३ नम्वरको ट्याक्टरलाई पातुखोलाबाट नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी प्रेम बहादुर शाहीले जानकारी दिएका छन् । दाङका विभिन्न खोलामा नदीजन्य बस्तु उत्खनन् गर्न रोक लगाईएका क्षेत्रमा प्रहरी निगरानी बढाउदै आएको छ ।

प्रकाशित मिति : २०७५ मङ्सिर १६ गते आइतवार
प्रतिक्रिया