आगलागी हुदा साढे तिन सय चल्ला जलेर नष्ट

तुलसीपुर, १५ मंसीर । सल्यान छत्रेश्वरी गाउँपालिका वडा नम्वर ६ भोटेचौर स्थित एक कुखरा फर्ममा आगलागी भएको छ । स्थानिय हेमन्त बुढाथोकीले सन्चालन गरेको कुखुरा फर्ममा गएराती ११ वजेतिर आगलागी हुदा दुई लाख ३१ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी विरेन्द्र बहादुर शाहीले जानकारी दिएका छन् । कुखरा फर्ममा आगलागी हुदा साढे तिन सय बोईलर चल्ला र  दानाको बोरा जलेर नष्ट भएको छ । आगलागी के कारणले भएको हो भन्ने बारेमा अनुसन्धान भईरहेको डिएसपी शाहीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७५ मङ्सिर १५ गते शनिवार
प्रतिक्रिया