चेम्बर द्धारा व्यापारी हत्याको भ्रत्सना

तुलसीपुर १५ मंसिर
तुलसीपुरका विभिन्न व्यवसायीक संगठनहरुले व्यवसायी हत्याको कडा रुपमा विरोध गरेका छन् । तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष टोपबहादुर घर्ती, बरिष्ट उपाध्यक्ष प्रेमबहादुर बाँठा र महासचिव प्रेम प्रकाश गिरीले संयुक्त प्रेस विज्ञप्ती जारी गदै घटनाको घोर भ्रत्सना गरेका छन् ।
स्वतन्त्र पूर्वक आफनो व्यापार व्यसाय गरेर जीवन निर्भाह गर्दै आएका घोराहीको नयाँ बसपार्क स्थित माडि हार्डवेयर पसलका सञ्चालक नन्दबहादुर घर्तीमगरको निर्ममता पूर्वक गरिएको हत्याको जति निन्दा गरेपनि कम हुने भन्दै दोषीलाई हदै सम्मको कारबाही गर्न माग गरिएको छ । संसाझै बजार क्षेत्रमै निर्दोष व्यापारीको हत्याले राज्यको सुरक्षा संयन्त्रमा समेत आसंका उब्जीएको भन्दै व्यापारीको सुरक्षामा चुनौति थपिएको विज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित मिति : २०७५ मङ्सिर १५ गते शनिवार
प्रतिक्रिया