आठ बर्षिय बालकको हत्या ड्राईभरले गरेको खुलासा

 

तुलसीपुर २३ मंसिर । काठमान्डौबाट दुई दिन अघि अपहरित ८ वर्षिय बालकको हत्या भएको छ । गोंगबुमा रहेको त्रिवेणी स्वस्तिका गेष्ट हाउस सञ्चालक प्रदीप कुँवरका ८ वर्षीय छोरा प्रयासको अपहरणपछि हत्या भएको महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए ।

एसएसपी सिंहको नेतृत्वमा गएको प्रहरी टोलीले बालकको शव मैपीको पुलमुनि बोरामा पोको पारेको अवस्थामा फेला परेको थियो ।

अपहरणको आशंकामा पक्राउ परेका मृतक कुँवरका बुबाको गाडी चलाउने चालक महेन्द्र सार्कीले हत्या गरेको बयानका आधारमा प्रहरीले बालकको शव फेला परेको हो ।

प्रकाशित मिति : २०७५ मङ्सिर १३ गते बिहिवार
प्रतिक्रिया