समानता तथा समाजिक समावेशिकिरण सम्वन्धि कार्यक्रम सम्पन्न

तुलसीपुर, १२ मंसीर ।दलित महिला संघ दाङ शाखाको आयोजनामा महिला जनप्रतिनिधि, एवं दलित महिला समुहका पदाधिकारीलाई लैङ्खिक समानता तथा समाजिक समावेशिकिरण सम्वन्धि १ दिने तालिम तुलसीपुर ६ वरुवागाउँमा सम्पन्न भएको छ ।
संस्थाका कार्यक्रम संयोजक पोषण सेन्चुरीले सरकारले अन्र्तराष्ट्रिय मञ्चमा महिला सम्वन्धि विभिन्न महासन्धिमा हस्ताक्षर गरेको र त्यही अनुरुप कानुन पनि वनाएको र वडाका महिला सदस्यले महिलामैत्रि कानुन कार्यान्वयन गराउन विशेष भूमिका निर्वाह गर्नुपर्ने विचार व्यक्त गर्नुभएको थियो ।
घोराही उपमहानगरपालिकाका कार्यपालिका सदस्य विमला गन्र्धव र तुलसीपुर उपमहानगरपालिका १७ का सदस्य रुपा कुमारी विश्वकर्माले जातीय तथा लैङ्गिक विभेदको अन्त्य नहुँदा सम्म महिलाको शोषण कालान्तर सम्म भइरहने भएकाले लैङ्गिक विभेदको शिक्षा पुरुषलाई पनि दिनुपर्ने विचार वताउनु भएको थियो ।
कार्यक्रममा तुलसीपुर र घोराहीका दलित महिला सदस्य र अन्य दलित महिलाहरुको सहभागिता रहेको कार्यक्रममा दलित अधिकारकर्मी निर्मल नेपालीले प्रशिक्षण दिनु भएको थियो । कार्यक्रममा ४० जनाको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : २०७५ मङ्सिर १२ गते बुधवार
प्रतिक्रिया