सुर्खेत, १२ मंसीर । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा श्रम तथा रोजगार कार्यालय स्थापना गरिएको छ । श्रम तथा रोजगार, सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले कार्यालयको उद्घाटन गर्नु भएको हो ।अब वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिन कर्णालीका नागरिक काठमाडौं जाने बाध्यता हटेको छ ।
कार्यालयबाट श्रम, रोजगारी, सामाजिक सुरक्षासँग जोडिका विषयमा काम गर्ने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहालले जानकारी दिनुभयो ।‘अब त्यहाका नागरिक श्रम स्वीकृति लिनका लागि काठमाडौं जानु पर्दैन । हामीले श्रम, रोजगार र सामाजिक सुरक्षासम्बन्धी कामहरु अव सुर्खेतबाटै हुनेछ ।
प्रकाशित मिति : २०७५ मङ्सिर १२ गते बुधवार