तलाउमा डुवेर बेपत्ता भएका युवकको शव भेटियो

तुलसीपुर,१२ मंसीर ।
दाङको घोराहीमा रहेको तलाउमा डुवेर बेपत्ता भएका घोराही उपमहानगरपालीका १५ का १८ वर्षीय लक्ष्मण डिसीको शव आज भेटिएको छ । हिजो विहानै देखी तालिम प्राप्त गोताखोर टोली सहित प्रहरीले खोजीकार्य गरेपनि फेला पार्न सकिएको थिएन ।

तलाउमा पानिको सतह धेरै भएकाले पम्पसेट लगाएर पानी सुकाउदै लगेपछि आज विहान ८ बजे उनको शव फेला पारेको दाङका प्रहरी प्रबक्ता राम प्रसाद घर्ति मगरले जानकारी दिएका छन । शव पोष्टमार्टमका राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा लगिएको छ । घोराही वडा नंम्वर १७ गुलरीयामा निमार्ण गरीएको कृत्रिम तलाउमा आईतवार ४ वजेतिर नुहाउने क्रममा उनी बेपत्ता भएका थिए ।

प्रकाशित मिति : २०७५ मङ्सिर १२ गते बुधवार
प्रतिक्रिया