तलाउमा डुवेर वेपत्ता युवकको खोजीका लागी गोताखोर टोली दाङमा

तुलसीपुर, ११ मंसीर ।दाङको घोराहीमा रहेको तलाउमा डुवेर बेपत्ता भएका घोराही उपमहानगरपालीका १५ का १८ वर्षीय लक्ष्मण डिसीको खोजीकार्यका लागी तालिम प्राप्त गोताखोर सोमवार साँझ दाङ आईपुगेको छ । घोराही वडा नंम्वर १७ गुलरीयामा निमार्ण गरीएको कृत्रिम तलाउमा आईतवार ४ वजेतिर नुहाउने क्रममा उनी बेपत्ता भएका थिए । उनको खोजीका कार्यका लागी आईतवार देखी सोमवार दिनभर खोजीकार्यका लागी प्रहरी परिचालक गरी अनेकौ प्रयास गर्दा समेत फेला पार्न नसकिएको प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले जानकारी दिएका छन् ।

सामेवार तलाउको पानी सुकाउनका लागी दिनभर दमकल, पानी मोटर र तलाउ समेत खोलिएको थियो तर पनि बेपत्ता युवकलाई फेला पार्न सकिएको थिएन । दुई दिनको खोजी कार्य असफल भएपछि तालिम प्राप्त गोताखोरको दुई जना टोलि दाङ आइपुगेको हुदा मंगलवार विहानै देखी खोजीकार्य सुरु गरिने प्रजिअ श्रेष्ठले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७५ मङ्सिर ११ गते मङ्गलवार
प्रतिक्रिया