२०८३ भाद्र २३ गते मङ्गलवार

एमाले नेता पोख्रेलले भने “कुनै हालतमा चुनाव रोकिन्न”

तुलसीपुर, २० चैत्र । पूर्व सुचना तथा सञ्चारमन्त्री शंंकर पोख्रेलले कुनै पनि हालतमा स्थानिय निकायको चुनाव नरोकिने बताउनुभएको छ । आफ्नै निवास दाङको विजौरीमा भएको कार्यक्रता भेटघाट कार्यक्रम लाई सम्बोधन गर्दै उहाले यस्तो बताउनुभएको हो । चुनावि मतपत्र र सुरक्षाका लागि अरवौको खर्च भैसकेकाले अव चुनाव नरोकिने उहाको भनाई थियो । त्यसैगरी एमालेका सवै कार्यक्रता लाई चुनावमा होमिन आग्रह गर्नुभयो । नेकपा एमाले स्थायि कमिटि सदस्य समेत रहनुभएका पोख्रेलले दुई चरणमा चुनाव गराउने भनिएपनि काग्रेसका कारण त्यसो हुन नसकेको उहाले बताउनुभयो । “मधेसी दल लाई चुनावमा सहभागि गराउनका लागि भएपनि दुई चरणमा चुनाव हुनुपथ्र्यो ” उहाले भन्नुभयो । यसैविच पोख्रेलले आज जिल्लामा हुने एमालेका भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
प्रकाशित मिति : २०७३ चैत्र २० गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।