बेपत्ता भएका युवकको खोजीकार्य जारी

तुलसीपुर, १० मंसीर ।आईतवार ४ वजेतिर घोराहीमा रहेको तलाउमा डुवेर बेपत्ता भएका घोराही उपमहानगरपालीका १५ का १८ वर्षीय युवक लक्ष्मण डिसी अझै सम्म पनि फेला परेका छैनन् । घोराही वडा नंम्वर १७ गुलरीयामा निमार्ण गरीएको कृत्रिम तालमा पौडी खेल्ने क्र्रममा उनि बेपत्ता भएका थिए । उनको खोजीकार्यका लागी सोमवार विहानै देखी सुरक्षाकर्मीको टोली परिचालन गरीएको भएपनि उनी फेला परेका छैनन् ।
जिल्ला प्रहरी कार्यालय दाङले दिएको जानकारी अनुसार तालमा पानीको सतह धेरै भएकाले शव फेला पार्न नसकिएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता एवं डिएसपि रामप्रसाद घर्तिमगरले दिएको जानकारी अनुसार खोजीकार्य जारी रहेको भन्दै अहिले तालको पानी सुकाउने प्रयास भईरहेको छ । पानी सुकाउनलाई दमकल, मोटर प्रयोग गरीएको छ भने तलाउ खोलिएको छ ।

प्रकाशित मिति : २०७५ मङ्सिर १० गते सोमवार
प्रतिक्रिया