तुलसीपुर क्षेत्रमा केहि दिन विद्युत आपुर्ति बन्द हुने

तुलसीपुर, ९ मंसीर ।तुलसीपुर क्षेत्रमा केहि दिन विद्युत अनियमित हुने भएको छ । नेपाल विद्युत प्राधिकरण तुलसिपुर वितरण केन्द्रले दिएको जानकारी अनुसार तुलसीपुर क्षेत्रका विभिन्न स्थानमा विद्युत लाईनमा सुधार गर्नुपर्ने भन्दै १० गते सोमवार देखी १६ गते सम्म विद्युत सेवामा केहि अनियमित हुने भएको हो ।
कार्यालयका अनुसार तुलसीपुरको क ,ख ,ग, घ र ङ लाइन, सल्यान रोड ,त्रिसिद्धेश्वरि टोल , शिखरकोलोनि टोल ,स्याउली बजार क्ष्ोत्रमा कन्डक्टर अपग्रेडिङ तथा भोल्टेजमा सुधार गर्नुपर्ने भन्दै एरपोर्ट र आँखा अस्पताल सम्मको फिडर लाईन अन्र्तगत १६ गते सम्म विहान ८ बजे देखि बेलुकि ५ बजे सम्म विद्युत आपुर्तिमा अवरुद्ध हुने जनाईएको छ । समय निर्धारण भन्दा अगाबै काम सम्पन्न भएमा विद्युत नियमित सुचारु हुने कार्यालयले बताएको छ ।

प्रकाशित मिति : २०७५ मङ्सिर ९ गते आइतवार
प्रतिक्रिया