२०८३ भाद्र २३ गते मङ्गलवार

उप–महानगरपालिका भए पछि तुलसीपुरमा चक्रपथ व्यवस्थापनको काम अन्यौलमा

लक्ष्मण विश्वकर्मा, तुलसीपुर २० चैत्र । साविक तुलसीपुर नगरपालिका उप महानगरपालिका भएसंगै तुलसीपुर नगरको चक्रपथ व्यवस्थापनको काम अन्यौलमा परेकोे छ । नगरपालिकाले झन्डै सात वर्ष अघि चक्रपथको अवधारणा ल्याएपनि त्यो कार्यले गति लिन सकेको छैन । नगरपालिकाले अवधारणा बनाएको केहि समय नवित्दै नगरपालिकाको क्षेत्र विस्तार हुने क्रमले चक्रपथ व्यवस्थापनमा प्रभाव परेको छ । पहिलेको संरचना अनुसार अवधारणा बनाएपनि क्षेत्र विस्तार भएसंगै तयार पारिएको प्रतिवेदन कागजमा मात्र सिमित भएको छ । उप महानगरपालिकामा विस्तारित भएपछि नयाँ अवधारणा बनाई सवैलाई समेट्ने गरी अव फेरी अर्को प्रतिवेदन बनाउनु पर्ने समितिका संयोजक ढुण्डीराज लामीछानेले बताउनु भएको छ । तुलसीपुर उप महानगरपालिका भईसकेपछि नयाँ योजनाका साथ अवधारणा ल्याउनु पर्ने संयोजक लामीछाने बताउनु भयो । नगरका पुर्व मेयर समेत रहनु भएका लामीछानेले दिएको जानकारी अनुसार अव पहिलेको प्रतिवेदन अनुसार काम गर्न सकिने की नसकीने भन्ने विषयमा आफु अन्यौलमा रहेको बताउनु भयो । पहिले नगरपालिका हुदा त्यहि अनुसार भुगोललाई मध्यनजर गदै दिर्घकालिन र अल्पकालिन गरेर दुई योजना सहित प्रतिवेदन तयार पारिएको थियो तर अहिले उपमहानगरपालिका भईसकेपछि भुगोल फराकीलो छ सवैलाई समेट्ने गरी प्रतिवेदन तयार पार्नुपर्छ उहाले भन्नु भयो । सवैभन्दा पहिले तुलसीपुर नगरपालिकाको ११ वटा वडालाई समेट्ने गरी तयार गरीएको थियो । त्यसपछि तिन वटा गाविसलाई गाभेर २० वटा वडा भएको थियो । त्यसपछि भर्खरै ५ गाविसलाई गाभेर उपमहानगरपालिकाको १९ वटा वडा भएको छ । त्यस्तैगरी चक्रपथ व्यवस्थापन समितिका सदस्य सचिव पवनकुमार योगीले ९ जनाको समिति भएको भन्दै उक्त समितिले पहिलेको नगरपालिकाको संरचनाको अध्ययन अवलोकन गरी प्रतिवेदन तयार गरेको बताउनु भएको छ । नगरका विभिन्न राजनितिक दलहरुको प्रतिनिधित्व हुने गरी गठन गरीएको समितिले तयार गरेको प्रतिवेदन सडक विभागमा पेस गरेको जानकारी दिनुभयो । “हामीले पुरानो संरचना अनुसारको खाका तयार गरी प्रतिवेदन सडक विभाग कार्यालयलाई बुझाएका छौ अव त्यहाबाट कुनै जानकारी नआउदा सम्म केहि भन्न सक्दैनौ ” उहाले भन्नु भयो । यता समितिका संयोजक लामीछानेले दिएको जानकारी अनुसार पहिलेको संरचनाको लागी अल्पकालिन र दिर्घकालिन गरी दुई खालको योजना तयार गरीएको थियो । पुरानो संरचना अनुसार तुलसीपुरको पुर्व राजापुर,रक्षाचौर,डाँडाखुटी तल्नो दमारगाउ ,टिकरी , एयरपोर्ट गाईडहर ,कपडादेखी हुदै राजापुर जोड्ने एक खालको प्रतिवेदन तयार थियो भने हलवार,टरिगाउँ र उरहरी गाविस गाभिए पछि फेरी अर्को खाका तयार गरीएको थियो । संयोजक लामीछानेका अनुसार हलवारको पर्सेनी,वनहरी,आँखाअस्पताल,दमारगाउ,भट्टे,मालमुल,बटवलपुर,राहिखल्यान,चैलाही,रझेना हुदै पर्सेनी जा्ड्ने चक्रपथ प्रतिवेदन तयार गरीएको थियो ।
प्रकाशित मिति : २०७३ चैत्र २० गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।