जिप दुर्घटना हुदा ९ जना घाईते

तुलसीपुर, ८ मंसीर । रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर २ बिजयश्वरी नजिकै शनिवार वेलुकी ५ वजेतिर बोलेरो जिप दुर्घटनामा परेको छ । दुर्घटना हुदा ९ जना घाईते भएका छन् भने एक जनाको अवस्था गम्भिर भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ । गम्भिर घाईते हुनेमा सोहि नगरपालिका वडा नम्वर २ बस्ने ४५ त्रिपुरा गौतम रहेको प्रहरीले जनाएको छ । अन्य घाईतेको विवरण आउन बाँकी रहेको प्रहरीको भनाई छ ।
खोलागाउबाट यात्रु लिएर चौरजहारी जादै गरेको रा १ त ५३५ नम्बरको बोलेरो जिप दुर्घटना भएको प्रहरीले जनाएको छ । जिप चालक सामान्य घाईते भए पनि उनी फरार भएको भन्दै घटना बारेमा अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७५ मङ्सिर ८ गते शनिवार
प्रतिक्रिया