सत्ता र व्यवस्था फेरिदैमा जातिय छुवाछुत अन्त्य हुदैन : उपाध्यक्ष विश्वकर्मा

लक्ष्मण विश्वकर्मा ,तुलसीपुर ८ मंसीर । दलित सेवा संघका केन्द्रिय उपाध्यक्ष टंक विश्वकर्माले सत्ता र व्यवस्था फेरिदैमा समाजमा जातिय छुवाछुत अन्त्य नहुने बताएका छन् । दलित सेवा संघ जिल्ला शाखा दाङको शनिवार तुलसीपुरमा छैठौ अधिवेशनलाई उद्घाटन गदै उपाध्यक्ष विश्वकर्माले यस्तो बताएका हुन् । देशमा धेरै राजनितिक परिवर्तन भएपनि जातिय छुवाछुत अझै पनि समाजमा विद्यमान भएकाले यसलाई अन्त्य गर्नका लागी राज्यले निति निर्माण गरी समाज परिवर्तन गर्न सके मात्र जातिय छुवाछुत अन्त्य हुने दावी गरेका छन् ।

साथै उनले पछिल्नो समयमा कतिपयले दलित र गरिवलाई एउटै डोरीमा बाधेर गलत व्याख्या गरेकै कारण नितिगत कानुन ,कार्यक्रम तथा समाबेशी सिद्धान्तमा केहि अवरोध सिर्जना हुने खालको गतिविधि भएको जिकिर गरेका थिए । त्यस कारण छुवाछुत अन्त्य गर्नका लागी समाज बदल्नुपर्ने, सोच बदल्नु पर्ने र निति बदल्न सके मात्र सम्भव हुने दावी गरेका छन् ।
यस्तै संघका केन्द्रिय महासचिव सन्जु सिंह विश्वकमाले गैरसरकारी संस्थाले राज्यको सहयोगीको रुपमा काम गदै आएको बताएका छन् । मुलुकमा पिछडीएका वर्ग दलित समुदाय, महिला, बालबालिका र सिमान्तकृत वर्गहरुलाई जागरुप गराउनेका लागी काम गरीरहेको उनको भनाई छ । उनीहरुको हक र अधिकारको बारेमा सचेतना फैलाउने काम आफु र आफनो संस्थाले देशैभर गरीरहेको बताएका छन् ।
यस्तैगरी नेपाल राष्टिय दलित समाज कल्याण संघका केन्द्रिय उपाध्यक्ष जोगेन्द्र विश्वकर्माले राजनितिक विचार भन्दा पनि सामाजिक जागरण अभियानको मुद्धामा सम्पुर्ण दलितहरु एक हुनेपर्ने बताएका छन् । उनले समाज रुपान्तरण गर्न सके मात्र जातिय छुवाछुत अन्त्य हुने धारणा राखेका थिए ।

प्रकाशित मिति : २०७५ मङ्सिर ८ गते शनिवार
प्रतिक्रिया