३८ महिना सम्म भाका मात्रै सर्‍यो काम सरेन

 

ओपेन्द्र बस्नेत
तुलसीपुर ७ मंसिर / पञ्चकुले देखि तुलसीपुर सम्म विद्युत लाइन विस्तार गर्ने कार्य ३८ महिना सम्म पनि सम्पन्न हुन सकेको छैन । २० महिना अघि काम सक्ने गरी त्रिपुरेश्वर कन्डक्टर र जयदुर्गे इन्जिनिरिङ जेभिले नेपाल विद्युत प्राधिकरण क्षेत्रीय कार्यालय नेपालगञ्जसंग १० करोड ११ लाखमा सम्झौता भएको थियो । तर पटक पटक म्याद थप गरे पनि काम भने सम्पन्न हुन सकेको छैन । फागुन २०७३ मसान्त सम्म हापुरे–तुलसीपुर लाइन विस्तारको काम सक्नेगरि २० भदौ २०७२ र भदौ २०७४ मसान्त सम्म तुलसीपुर देखि दुधरास सम्मको काम पुरा गर्नेगरि २६ असाढ २०७३ मा कम्पनीले दोस्रो सम्झौता गरेको थियो । हापुरे देखि तुलसीपुर सम्म ७ करोड र तुलसीपुर देखि दुधरास सम्म ३ करोड ११ लाख रुपैयाँमा काम गर्ने सम्झौता पत्रमा उल्लेख छ । बाँकेको कुसुमबाट सिधै पश्चिम दाङको पञ्चकुले स्थित सवस्टेसनमा ल्याइएको १३३ के.भी क्षेमताको राष्ट्रिय प्रसारण लाइनलाई तुलसीपुरसंग जोड्न निर्माण सेवालाई जिम्मेवारी दिइएको थियो ।
तोकेको समयमा काम पुरा नहुँदा २७ महिना अघि दाङ र सल्यानलाई १५ बर्ष सम्म जति उद्योगधन्दा खुले पनि पुग्ने क्षेमताको प्रसारण लाइन प्रयोग विहिन भएको छ । यता निर्माण सेवाले स्थानीयबासी र सडको अबरोधका कारण समयमै काम सम्पन्न नभएको बताएको छ । स्थानीयले घर नजिकै भन्ने र सडकमा सडकको जग्गामा भन्दै अबरोध गरेको निर्माण सेवाका डाइरेक्टर सागर लुइटेलले बताए । ‘स्थानीयले आफनो जग्गा र घर नजिक भन्छन,’ डाईरेक्टर लुईटेलले भने, ‘सडकले मेरो जग्गा भन्दा बाहिर पोल गाड् भन्छ । विद्युतको जग्गा छैन । कसरी हुन्छ समयमै काम प्रतिश प्रश्न गरे ?’ नब्बे प्रतिशत काम पुरा भएको भन्दै लुईटेलले कुनै अबरोध नभए तोकेको समयमा काम सम्पन्न गर्ने दाबी गरे । यद्यपी १९ महिना अघि पनि लुईटेलले ६ महिना भित्र काम सम्पन्न हुने दाबी गरेका थिए ।

विद्युत के भन्छ ?
नेपाल विद्युत प्राधिकरण क्षेत्रीय कार्यालय नेपालगञ्जले कुनै अवरोध नभएको भन्दै थप गरेको समयमा पनि काम नभए कारबाही गर्ने जनाएको छ । प्राधिकरणले अन्तिम पटक भन्दै आगामी चैत्त महिना सम्म म्याद थप गरेको छ । यस समयमा पनि काम सम्पन्न नभए कुल बजेटको १० प्रतिशतका दरले बिलम्ब शुल्क जरीबाना लाग्ने प्राधिकरणका निमित्त प्रमुख गेणेस दत्त भट्टले जानकारी दिए । जुन दैनिक ०.०५ प्रतिशत बिलम्ब शुल्क जारीबाना हुन आउँछ । विद्युत विस्तारमा कसैको अबरोध नभएको भन्दै भट्टले ११ मिटरको पोलको आवश्यक परेको र त्यो पनि प्राधिकरणले २ दिन अघि उपलब्ध गराएकाले अब कुनै समस्या नभएको बताए । सडक छेउमा गाड्ने पोल १० मिटरको भएकाले गाडिलाइ छुन सक्ने भन्दै आवश्यक पर्ने ५० वटा ११ मिटरको पोल दिएको प्राधिकरणले बताएको छ । इमान्दरी पूर्वक काम गरेमा अबको एक महिना भित्र काम सम्पन्न हुने प्राधिकरणले बतायो ।
डबल सर्किटमा स्टील ट्यूवलर पोलमा विस्तार गरिन लागिएको प्रसारण लाइन एउट तुलसीपुरको सवस्टेसन र अर्को दुधरास सम्म विस्तार गरिने छ । दुधरासका लागि तुलसीपुरको गहतेखोला देखि बबई नदिको किनारै किनार हुदै पत्रेफाल्ने खोलाबाट ३३ केभिको लाइन विस्तार गरिनेछ ।

पंचुकलेको लाइन तुलसीपुरमा जोडिने वित्तिकै बर्षौ देखि कम भोल्टेजको समस्या खेप्दै आएका पश्चिम दाङ र सल्यानका लाखौं ग्राहकले राहात पाउने प्राधिकरणले बताएको छ । विद्युतको क्षेमता कम र माग बढी भएका कारण उपभोक्ताले विद्युत सेवा सहज रुपमा उभोग गर्न पाइरहेका छैनन् ।

प्रकाशित मिति : २०७५ मङ्सिर ७ गते शुक्रवार
प्रतिक्रिया