प्युठानमा आगलागी हुँदा ५५ लाखको क्षेति

तुलसीपुर ६ मंसिर

प्युठानमा आगलागी हुँदा करिब ५५ लाखको क्षेति भएको छ । विद्युत सर्ट भएर आगलागी हुदा प्युठान नगरपालिका ७ पुण्यखोला निवासी प्रदिप केसीको सुप्रिया सिरक तथा डसना उद्योग र मीलमा आगलागि हुदा ५५ लाखको क्षेति भएको इलाका प्रहरी कार्यालय विजुवारका प्रहरी साहयक निरीक्षक प्रकाश केसीले जानकारी दिए । ‘आगलागीबाट सिरक डसना उद्योगको मोटर, कपडा, कपास, कुटानी पिसानी गर्ने मेसिन सबै जलेको छ,’ प्रहरी सायहय निरीक्षक केसीले भने, ‘ दमकल जानेबेला आधा जलीसकेको थियो ।’
प्रहरीले स्थानीय जनप्रतिनिधिको रोहबरमा भोली मुचुक्ल तयार गर्ने भएको छ । आगालगी दिउसो दुई बजे भएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७५ मङ्सिर ६ गते बिहिवार
प्रतिक्रिया