तुलसीपुरमा सइले भेट्टाए साढे २६ लाखको चेक !

 

तुलसीपुर ६ मंसिर

गस्तीमा गएको प्रहरी टोलीले २६ लाख बढीको चेक भेटाए पछि सम्बन्धित व्यक्तिलाई आउनका लागि सार्वजनिक अपिल गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट गस्तीमा गएका प्रहरी नायब निरीक्षक प्रमोद भण्डारीले बिहिबार विहान तुलसीपुरको घोराही रोड स्थित राप्ती पेट्रोलपम्प नजिकै २६ लाख ४६ हजार ५०० सय रुपैयाँको तीन वटा चेक सडकमा भेटाउनुभएको थियो । इलाका प्रहरी तुलसीपुरका अनुसार दिपेन्द्र भण्डारीको नाममा रहेको एन.आईसी एशिया बैकको चेकमा सिप्रदीका नाममा चेक काटीएको छ । सिप्रदीका नाममा १० लाख ३४ हजार, ९ लाख ४० हजार र ६ लाख ७२ हजार ५ सय रुपैयाँको चेक काटिएको छ । प्रहरीले  भेटिएको चेक सम्बन्धीत निकायलाई दिन विभिन्न संचार माध्यममा जानकारी गराउनुका साथै सम्बन्धित व्यक्तिलाई पनि सम्पर्क गरेको छ ।

प्रकाशित मिति : २०७५ मङ्सिर ६ गते बिहिवार
प्रतिक्रिया