विद्यालयको भौतिक तथा शैक्षिक विकासका लागी पहल गरिदिन आग्रह

तुलसीपुर, ५ मंसीर । संघिय सांसद हिराचन्द्र केसीले तुलसीपुर ३ हरनेटीमा रहेको जनता प्राथमिक विद्यालयको बस्तुस्थिति बारे मंगलवार जानकारी लिएका छन् । सोहि क्रममा विद्यालयका प्रधानाध्यापक कमलराज थापाले विद्यालयको भौतिक अवस्था र शैक्षिक अवस्था बारेमा सांसद केसीलाई जानकारी गराएका थिए । उनले विद्यालयको केहि भवन जिर्ण भएकाले भवनको आबश्यक, विद्यालय खेल मैदानको अभाव, शिक्षक दरबन्दीको अभाव हुदा विद्यालयको पठनपाठनमा चुनौती देखीएको सांसद केसी समक्ष जानकारी गराएका थिए ।

२०४६ सालमा स्थापना भएको विद्यालय प्रर्याप्त वजेटको अभावमा सोचे अनुसारको स्तर बृद्धि हुन नसकेको प्रधानाध्यापक थापाको भनाई छ ।विद्यालयमा हाल एक सय पन्ध्र विद्यार्थी अध्ययनरत रहेका छन् । सांसद केसीले विद्यालयको भौतिक र शैक्षिक सन्चालनका लागी आफुले सक्दो पहल गर्ने बताएका थिए । सांसद केसीले सामुदायिक विद्यालयको गुणस्तरिय पठनपाठन तथा व्यावहारिक शिक्षा र वालमैत्री शिक्षाका लागि योजना निर्माण गर्नका लागी वजेट विनियोजनमा पहल गरिदिने र सम्वन्धित निकायलाई समेत जानकारी गराउने आश्वासन दिएका सांसद केसीका स्वकीय सचिव सन्तोष वलीले जानकारी दिए ।

प्रकाशित मिति : २०७५ मङ्सिर ५ गते बुधवार
प्रतिक्रिया