शरद रेग्मी
दाङ कार्तिक २५/ मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सभापति डाक्टर गगाधर अधिकारीले मौलिक हकहरुको रक्षा गर्न कानुनको अक्षरस पालना हुनुपर्ने बताउनु भएको छ । शान्ति समाज दाङ शाखाले आईतबार तुलसिपुरमा गरेको अन्तरक्रिया कार्यक्रममा उहाले मुलुकमा शान्ति स्थापना गर्न र लोकतन्त्रको रक्षा गर्न पनि कानुनको पालना अनिवार्य रहेको बताउनुभयो । “राज्यका निकाय र राजनीतिक दलहरूलाई समेत कानुनि दायरामा ल्याउनु पर्छ सभापति अधिकारीले भन्नुभयो “ ।
मुलुकको पछिल्लो परिस्थितालाई बिश्लेसन गर्दा बिश्व सामु नेपाली हरुको शिर निहुरिने अबस्थाको श्रृजना भएको बताउदै उहनले अपराध को ब्यापारी करण नरोकिदा सम्म मुलुक कुनै पनि हालतमा सम्बृद्द हुन नसक्ने ठोकुवा गर्नुभएको छ ।
उहाले निर्मला पन्त को घटना एउटा प्रतिनिधि मात्रै भएको भन्दै देशभरि ठुला ठुला घटनाहरु राजनीति सरक्षणमा अझैसम्म पिडितले न्याय नपाएको घटनाक्रम ताजै रहेको भन्दै तत्काल राज्यले कानुनको पालना गर्न आफैबाट सुरु गर्नुपर्ने बताउनु भयो ।
शान्ति समाज दाङका सभापति शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा उपसभापति गोबिन्द खनालले मुलुकमा भैरहेका अपराध नियन्त्रण गर्न राज्य गम्भीरतापूर्वक लाग्नुपर्ने बताउनुभएको छ । उहाले समाज भित्र केहि खराब मनस्थिति हावि भैरहेको भन्दै पछिल्लो समय फरक किसिमका अपराधिक गतिविधि हरु बृद्धि भैरहेको बताउन ुभयो हो ।
कार्यक्रममा दाङ शाखाका सस्थापक सभापति बरिस्ठ अधिबक्ता डिल्लीराज धिताल,महिला मानव अधिकार रक्षक सञ्जालका सयोजक सुष्मा गिरि लगायतले मुलुकमा शान्ति र लोकतन्त्रको स्थापना र रक्षा गर्न शान्ति समाजले महत्त्वपूर्ण भुमिका खेलेको भन्दै अभियानको बारेमा प्रससा गर्नुभएको थियो ।
कार्यक्रममाको सहजिकरण सचिव निर्मला डिसिले गर्नुभएको थियो ।