तुलसीपुर, १९
नेकपा एमालेका वैकल्पीक केन्द्रिय सदस्य शान्ता चौधरीले मदिरा र मासुको भरमा चुनाव जित्ने सपना नदेख्न नेपाली कांग्रेसलाई चुनौति दिएकी छन् । सुँगुर काटेर रक्सी र मासुको भतेर लगाएर बर्का, छोट्का, रुखमा भोट हाल भन्ने दिन गएको भन्दै अव नेपाली जनता चलाख भइसकेको बताइन् । तुलसीपुर उपमहानगर पालिका ८ कृष्णमन्दिरमा भएको संयुुक्त वडा भेलालाई सम्बोधन गर्दै केन्द्रिय सदस्य चौंधरीले अव जनताले स्थानिय मुद्दा र क्षेमतावान व्यक्तिलाई हेरेर भोट हाल्ने बताइन् । ‘कसलाई भोट हाल्दा गाउँ टोलको विकास हुन्छ, कसले जनताको इच्छा र चाहनलाई बुझछ् र समृद्ध समाजको निर्माण हुन्छ त्यसैलाई जनाताले भोट दिन्छन् सदस्य चौधरीले भनिन् ।’
एर्को एक प्रशंगमा वैकल्पीक केन्द्रिय सदस्य चैधरीले परिवर्तन नचाहने तत्वहरुले अहिले पनि चुनाव हुन नदिने रणनीतिमा लागेको भन्दै देश चुनावमय भएकाले अव उनिहरुको सपना पुरा नहुने तर्क समेत गरिन् । वडा कमीटीका संयोजक मेघराज भुसालको अध्यक्षतामा भएको कार्यक्रममा एमाले जिल्ला कमीटी अध्यक्ष टीकाराम खड्का, एमाले जिल्ला कमीटी सचिव हिराचन्द्र केसी, सहकारी तथा गरिबी निवारण विभागका केन्द्रिय सदस्य घनश्याम पाण्डे, एमाले दाङका संगठन विभाग प्रमुख कृष्णप्रसाद भुसाल, सामाजिक अभियन्ता नबराज लामीछाने, टेकनाथ योगी, लगाएतले बोलेका थिए । सो अवसरमा जेष्टनागरिक खगेन्द्र बस्यालले जागरण गित प्रस्तुत गरेका थिए । कार्यक्रमको संचालन धर्मराज वलीले गरेका थिए । यसैविच मेघराज भुसालको संयोजकत्वमा ४१ सदस्य वडा कमीटी गठन गरिएको छ । जसको उपसंयोजकमा धनीराम रोका, सचिवमा केसव सापकोटा छन् भने ३८ जना सदस्य रहेका छन् ।