दाङ,३ कात्तिक । नियमित गस्तीमा खटिएको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित ९ जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार जुम्लाको तिला गाउँपालिका–३ स्थित कुडारी बजारबाट ३ जना, झापाको बिर्तामोड नगरपालिका–२ स्थित त्रिशूली चोकबाट ३ जना, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ स्थित ढोडेखालीबाट २ जना र कञ्चनपुरको भीमदत्त नगरपालिका–११ बाट १ जना पक्राउ परेका हुन्।
प्रहरीले विभिन्न स्थानमा नियमित गस्ती गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको जनाएको छ।
प्रकाशित मिति : २०८३ कार्तिक ४ गते मङ्गलवार























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।