दाङ,२ कात्तिक । नेपालमा चाडपर्वको समयमा तासको माग बढ्ने गरेको छ । दसैं, तिहारलगायत चाडपर्वलाई लक्षित गरी विभिन्न मुलुकबाट तास आयात हुने गरेको छ । रमाइलोका लागि खेलिने तास जुवाका रूपमा प्रयोग हुँदा भने ठूलो रकमको हारजित हुने गरेको छ । तास आयातमा नेपालबाट करोडौं रुपैयाँ बाहिरिने गरेको छ । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा नेपालले ५ करोड १८ लाख रुपैयाँ बराबरको तास आयात गरेको छ । यस अवधिमा १९ लाख ९२ हजार २ सय ६५ थान तास आयात भएको भन्सार विभागले जनाएको छ । तास आयातबाट ३ करोड ११ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।
गत आर्थिक वर्षको साउन र भदौमा ९ करोड ९९ हजार रुपैयाँ बराबरको तास आयात भएको थियो । उक्त आयातबाट ५ करोड ४६ लाख रुपैयाँ राजस्व उठेको थियो । नेपालमा चीन, भारत, अमेरिका लगायतका मुलुकबाट तास आयात हुने गरेको छ । चालु आर्थिक वर्षको साउन र भदौमा सबैभन्दा धेरै चीनबाट ४ करोड ६७ लाख ८० हजार रुपैयाँ बराबरको तास आयात भएको विभागको तथ्यांक छ । भारतबाट ५० लाख ५५ हजार रुपैयाँ बराबरको तास आयात भएको छ ।।




















टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।