लमहीमा बस दुर्घटना हुदा १९ घाईते, ६ जनाको भैरहवा रिफर

तुलसीपुर, २ मंसीर । दाङको लमहीमा यात्रुवहाक बस दुर्घटना हुँदा १९ जना घाईते भएका छन् । पूर्ब–पश्चिम राजमार्ग अन्तर्गत भालुबाङ्गबाट लमही तर्फ आउदै गरेको ना ३ ख ९४७ नम्बरको माईक्रो बस लमही नगरपालिका वडा नम्बर ३ मजगाउँमा आईतवार दिउँसो २ वजेतिर दुर्घटना भएको हो ।दुर्घटनामा परि घाईते भएका मध्य ६ जनालाई थप उपचारका लागी भैरहवा रिफर गरीएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।

रिफर हुनेमा जिल्ला प्युटान मल्लरानी गाउँपालिका वडा नम्वर ३ बस्ने ५७ वर्षिय गोविन्द शर्मा, राप्ती गाउँपालिका ७ बस्ने २५ सरिता चौधरी, भालुवाङकी ३० वर्षिया निर्मला काईराला, सिसनिया बस्ने १४ वर्षिय डोर बहादुर परियार, सोहि ठाउँका ४५ बर्षिया हिमा गाहामगर, र लमही नगरपालिका ३ बस्ने ६५ बर्षिय साँढु चौधरी रहेको प्रहरीले बताएको छ ।बाँकी अन्य सवै घाईतेहरुको फलोरेन्स अस्पताल लमहीमा सामान्य उपचार पछि डिस्चार्ज भईसकेको बताईएको छ । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरीरहेको जनाईएको छ ।

प्रकाशित मिति : २०७५ मङ्सिर २ गते आइतवार
प्रतिक्रिया