२०८३ कार्तिक ३ गते सोमवार

जिप सुनकोशी नदीमा खस्दा तीन महिलाको मृत्यु, चार घाइते

सिन्धुली,१ कात्तिक । सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित मध्यपहाडी लोकमार्गबाट यात्रुवाहक जिप सुनकोशी नदीमा खस्दा तीन महिलाको मृत्यु भएको छ। दुर्घटनामा चालकसहित चार जना घाइते भएका छन् भने तीन जना बेपत्ता भएका छन्। आइतबार बिहान करिब २ः३० बजे काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको जिप सडकबाट करिब २०० मिटर तल सुनकोशी नदीमा खसेको हो। दुर्घटनामा तीन महिलाको घटनास्थलमै मृत्यु भएको थियो।

घाइते हुनेमा जिप चालक ओखलढुंगाका २९ वर्षीय आशिष बिष्ट, खोटाङ दिक्तेल नगरपालिका–३ की ३८ वर्षीया सम्झना राई, उनकी १२ वर्षीया छोरी सिवानी राई र दिक्तेल नगरपालिका–१ का १३ वर्षीय अंकित विक रहेका छन्। उनीहरूलाई उद्धार गरी प्रारम्भिक उपचारपछि थप उपचारका लागि सिन्धुली जिल्ला अस्पताल पठाइएको छ। चालकको भनाइअनुसार दुर्घटनापछि तीन जना बेपत्ता छन्।

उनीहरूको खोजी तथा उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोरसहितको टोली परिचालन गरिएको छ। दुर्घटनाको कारण खुल्न सकेको छैन। मृतक र बेपत्ताहरुको थप बिबरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । बेपत्ताहरूको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८३ कार्तिक २ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।