२०८३ कार्तिक ३ गते सोमवार

पत्रकार श्रेष्ठ र पन्तलाई दशै पछि फेरी छलफलमा बोलाउने

काठमाडौ, ३१ असोज । जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा कलाकार हिमेश पन्त बिचको छलफल सकारात्मक भएको छ । नेपाल प्रहरीको साइबर ब्युरोका एसपी दीपकराज अवस्थीका अनुसार आज भएको दुवै पक्ष विचको छलफल सकारात्मक भएको र फेरी अर्को छलफल दशै पछि हुने भएको छ ।रास्वपाका नेता पन्तले आफू र आफ्नो परिवारविरुद्ध जथाभावी लेखेर चरित्रहत्या गर्न खोजेको भन्दै श्रेष्ठविरुद्ध साइबर ब्युरोमा उजुरी दिनु भएको थियो ।

सोहि आधारमा ब्युरोले दुवै पक्षलाई बोलाएर छलफल गराएको हो । पन्त र उहाको परिवारले अरूको जग्गा हडपेको दाबीसहित श्रेष्ठले समाचार प्रकाशन गरेपछि उनीहरूबिच केही समयदेखि सामाजिक सञ्जालमा दोहोरी तथा विवाद चल्दै आएको थियो । सोही विवादलाई लिएर पन्तले साइबर ब्युरोमा उजुरी दर्ता गराएका थिए । उजुरीमाथि छलफलका लागि ब्युरोको टोली आज शनिवार बिहान श्रेष्ठलाई लिन ललितपुरको नख्खुस्थित उहाकै निवासमा पुगेको थियो ।

ब्युरोको कार्यालयमा दुई पक्षबिच करिब तीन घण्टा लामो छलफल चलेको थियो । छलफल नटुङगीपछि दुवै पक्षलाई पछि बोलाउने सहमती भएको एसपी अवस्थीले जानकारी दिनुभयो । यसैविच नेपाल पत्रकार महासंघले पत्रकार श्रेष्ठलाई लिन प्रहरी घरमा पुग्नु र कार्यालयमा झिकाउनु कानुन विपरित भएको भन्दै घटनाको निन्दा गरेको छ । समाचारको विषयमा चित्त नबुझे उजुरी दिने प्रक्रिया हुँदाहुदै पनि कानुन भन्दा बाहिर गएर पत्रकार माथी हस्तक्षेप गरेको प्रति ध्यानाकर्षण गराउदै यस्ता गतिविधि नदोहो¥याउन महासंघले भनेको छ ।

प्रकाशित मिति : २०८३ कार्तिक १ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।