१९ बाहिनीको एक्सन : तीन सेनाको जागिर चट्

 

तुलसीपुर २ मंसिर
श्री नं.१९ बाहिनी अड्डा तुलसीपुरले भर्ना अभियानमा आर्थिक अनियमिता गर्ने जमदार सहित ३ जना सेनालाई तीन महिनाको कैद फेसला सुनाएको छ ।

बाहिनी अड्डाका बाहिनीपति तथा साहयक रथी विज्ञानदेव पाण्डेको अध्यक्षतामा गठित समरी जनरल सैनिक अदालले साविक बर्दीयाको सानोश्री गाविस ८ घर भई ज्वालदल गण जाजरकोटमामा कार्यरत जमदार नरेन्द्रबहादुर डाँगी, बाँकेको बैजनाथ गाविस १ चिसापानी घर भई सोही गणमा कार्यरत हवलदार कुलबहादुर राना क्षेत्री र गोर्खाको पालुङटार नगरपालिका २ घर भएका सिपाही दिनेश अधिकारीलाई सेवाबाट बर्खास्त गर्दै यस्तो फेसाला गरेको हो ।

आर्थिक अनियमिततामा गरेको स्वीकार गरेपछि सैनिक अदालतले डाँगी र अधिकारीलाई ३÷३ महिना र रानालाई एक महिना कैद गर्ने फैसला गरेको नेपाली सेनाका प्रवक्ता साहयक रथी गोकुल भण्डारीले जानकारी दिनुभयो ।

प्रवक्ता भण्डारीका अनुसार सैनिक हित विपरित कार्य गर्नेलाई सैनिक ऐन २०६३को दफा ५२ को खण्ड(६) बमोजिम कारबाही गर्न सक्ने व्यवस्था छ ।

नेपाली सेनामा भर्ना गराईदिने भन्दै जमदार डाँगीले डेढलाख रुपैयाँ लिएको, हलवदार रानाले आफनो गाउँको भन्दै सघाएको र सिपाही अधिकारीले भर्ना भएपछि ५० हजार रुपैयाँ लिने कबुल गरेका थिए ।
ज्वालादल गण जाजरकोटमा गत जेठ २ गते नेपाली सेनामा भर्ना खुलेको थियो । भर्ना छनौटको मौखीक अन्र्तवार्तामा सोधपुछ गर्ने क्रममा भर्ना हुन आएका मध्य एक जनाले डेढ लाख रुपैयाँ दिइसकेको र एक जनाले भर्ना भएपछि ५० हजार दिने कबुल भएको कुरा खुलेपछि घटना सार्वजनिक भएको हो । यद्यपी पैसा खाएको खुलेपछि डाँगीले पैसा फिर्ता गरिसकेका थिए । कात्तिक ५ गते उनिहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको थियो ।

 

प्रकाशित मिति : २०७५ मङ्सिर २ गते आइतवार
प्रतिक्रिया