फोटो फाईल
दाङ,२६ असोज । दाङ जिल्लाका विभिन्न स्थानमा लुकाइछिपाइ राखिएका दुई नाल भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा खोजतलास गर्ने क्रममा ती बन्दुक बरामद गरेको हो।
प्रहरीका अनुसार लमही नगरपालिका–९ नर्तीस्थित बकेना सामुदायिक वनको झाडीबाट एउटा नाल र तुलसीपुर उपमहानगरपालिका–५ अन्तर्गतको सामुदायिक वन क्षेत्रबाट अर्को नाल भरुवा बन्दुक बरामद गरिएको छ। बरामद गरिएका बन्दुक सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
प्रकाशित मिति : २०८३ असोज २६ गते सोमवार






टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।