फोटो फाईल
दाङ, २६ असोज । नेपाली कांग्रेसको उपसभापति पदमा चुनाव लड्नु भएका पुर्वमन्त्री दिपक गिरी पराजित हुनु भएको छ । उपसभापतीमा भएको निर्वाचनमा चन्द्र भण्डारी, मधु आचार्य र विनोद चौधरी निर्वाचित हुनु भएको छ । उपसभापति पदमा खुल्लातर्फ चन्द्र भण्डारीले ३ हजार ७३५ र मधु आचार्य २ हजार ३४२ समावेशी उपसभापति पदमा बिनोद चौधरी १ हजार ७४५ मतका साथ विजयी हुनु भएको हो ।
कांग्रेस दाङ निर्वाचन क्षेत्र नम्वर ३ बाट चुनावको माध्यम मार्फत महाधिवेशन प्रतिनिधि बन्नु भएका गिरीले उपसभापतीमा चुनाव लड्नु भएको हो । दाङ तुलसीपुर निवासी पुर्वमन्त्री समेत रहनु भएका गिरीले ९२३ मत प्राप्त गर्नुभएको थियो । यस अघि कांग्रेसको केन्द्रिय सदस्य रहनु भएका गिरीले यसपटक आफुलाई पाटीको उच्च पदाधिकारीमा अघि सार्नु भएको थियो । तर उहाले चुनाव जित्न सक्नु भएन ।
प्रकाशित मिति : २०८३ असोज २६ गते सोमवार






टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।