तुलसीपुर, १ मंसीर । जिल्ला बचत तथा ऋण सहकारी संघ लि. दाङको १२ औ बार्षिक साधरण सभा तथा अधिबेशन शनिवार घोराहीमा सम्पन्न भएको छ । संघ दाङका अध्यक्ष अन्जन कुमार पौडेलको अध्यक्षता एवं नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमिटेड( लेखा सुपरिवेक्षण समितिका संयोजक दामोदर अधिकारीको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो ।
सभाले रुप बहादुर खत्रीको अध्यक्षतामा ९ सदस्यिय सन्चालक समिति तथा शेषमणि रिजालको संयोजकत्वमा ३ सदस्यिय लेखा सुपरिबेक्षण समिति सर्वसम्मतले चयन गरेको छ । जसमा सन्चालक समितिको उपाध्यक्षमा पदमा हुमा डिसी, सचिवमा विमल अधिकारी , कोषाध्यक्षमा शिभध्वोज मल्ल चयन भएका छन् । यस्तै सन्चालक समितिको सदस्यहरुमा कमलराज श्रेष्ठ, दुर्गा प्रसाद भण्डारी, धुव्रराज पौडेल,भगवती शर्मा र रामकृष्ण आचार्य रहेका छन् । यस्तै लेखा समितिको सदस्यमा सालिकराम रजौरे र गिरिराज शर्मा चयन भएका छन् ।
बचत तथा ऋण सहकारी संघ दाङको अध्यक्षमा रुप बहादुर खत्री चयन
प्रकाशित मिति : २०७५ मङ्सिर १ गते शनिवार
प्रतिक्रिया