तुलसीपुर, २२ असोज । दाङको तुलसीपुरमा रहेको सामुदायिक रेडियो प्रकृति एफएम स्थापनाको १६ बर्ष पुरा भएको छ । प्राकृतिक स्रोत व्यवस्थापन समाज नेपालद्धारा सञ्चालित रेडियो प्रकृति एफएम आजबाट १६ वर्ष पुरा भई १७ औँ वर्षमा प्रवेश गरेको हो । स्थापनाकाल देखि वन वातावरण तथा जनवायु परिवर्तनका मुद्दालाई उठाउँदै अएको नेपालकै पहिलो वातावरणमैत्री सामुदायिक रेडियो, प्रकृति एफएम २०६७ साल असोज २२ गते स्थापना भएको थियो । ५ सय वाट क्षमता रहेको एफएमले सत्यतथ्य समाचार, बहस कार्यक्रम, सन्देशमुलक सूचना, मनोरञ्जन लगायतका विविध कार्यक्रम उत्पादन र प्रशारण गर्दै आइरहेको छ । रेडियोले स्थापना दिवसका अवसरमा कार्यक्रम गर्ने तयारी गरेको छ ।
दिवसको अवसरमा रेडियो संचालक समितिका अध्यक्ष नारायण खनालले सम्पुर्ण विज्ञापनदाता, श्रोता र शुभेच्छुकहरुमा शुभकामना व्यक्त गर्नु भएको छ । साथै रेडियो प्रकृतिले हरेक दिन विहान उत्पादन गरेको कार्यक्रम आजको परिवेश कार्यक्रममा सहकार्य गर्ने सम्पुर्ण सहकर्मी रेडियोहरु प्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरुमा रेडियोलाई सहयोग र साथ भईरहने अपेक्षा गरिएको छ ।






टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।