२०८३ असोज २२ गते बिहिवार

दाङको तुलसीपुरमा नगद एक लाख बढि सहित ६ जना जुवाडे पक्राउ

फोटो फाईल

तुलसीपुर, २२ असोज । दाङको तुलसीपुरमा प्रहरीले जुवा खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिका–५, सल्यान रोड नजिक हिमाल रेस्टुरेन्ट एण्ड कटेजमा जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको टोलीले मंगलबार राति छापा मारेको हो । प्रहरीका अनुसार जुवा खेलिरहेको अवस्थामा उनीहरूबाट १ लाख १ हजार ८ सय ८५ रुपैयाँ नगद, खेलमा प्रयोग गरिएको ५ गड्डी तास र १० गड्डी ताससहित बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता एवं डिएसपी डाक्टर हेम बहादुर केसीले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा तुलसीपुर–७ डाँडापातु बस्ने अन्दाजी ४० बर्षिय रोशन श्रेष्ठ, तुलसीपुर ८ अस्वारा बस्ने ४० बर्षिय लिलामणी बस्नेत, वडा नम्वर ५ बस्ने अन्दाजी ४३ बर्षिय रोशन कुमार लामिछाने, सोहि ठाउँ बस्ने ३२ बर्षिय पवन भारती, तुलसीपुर ७ झमरे बस्ने ३९ बर्षिय नेत्रबहादुर केसी र सल्यान दार्मा गाउँपालिका–४ का ५२ बर्षिय कृष्णबहादुर शाही रहेका छन् । प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर जुवा -तास) सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय दाङबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको उहाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८३ असोज २२ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।