२०८३ असोज २२ गते बिहिवार

टरिगाउँ एयरपोटको विस्तृत अध्ययन गछौँ : उड्यन मन्त्री पौडेल

तुलसीपुर , २१ असोज । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री खड्गराज पौडेलले तुलसीपुर स्थित टरिगाउ एयरपोट संचालनको राम्रो सम्भावना बोकेको ठाउँ भएको बताउनु भएको छ । आज तुलसीपुरमा आयोजित समग्र दाङको विकासमा टरिगाउ बिमानस्थलको महत्व बिषयक खुला छलफल कार्यक्रममा बोल्दै उहाले यस्तो बताउनु भएको हो । साथै उहाले विमानस्थलका लागी सरकारले उच्च प्राथमिकता दिने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

विमानस्थनको अवलोकन समेत गर्नुभएका मन्त्री पौडेलले एयरपोट संचालनको विस्तृत अध्ययन गरेर छिटै संचालन गर्ने बताउनु भएको छ । सो अवसरमा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य देबराज पाठक, २ का सांसद बिपिन कुमार आचार्य र ३ का सांसद कमल सुवेदीले विमानस्थल बनाउने कुरामा आफुहरुले निरन्तर पहल गरीरहेको बताउनु भयो ।

साथै उनीहरुले एयरपोट संचालनका लागी सामुहिक रुपमा पहल गरीरहेको बताएका थिए । साथै सो अवसरमा तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष विनिल केसीले टरिगाउँ एयरपोटमा नियमित हवाई संचालन हुनुपर्नेमा जोड दिनु भएको थियो । कार्यक्रम रास्वपा जिल्ला सभापति किरण खनालको अध्यक्षतामा भएको थियो ।

प्रकाशित मिति : २०८३ असोज २१ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।