२०८३ असोज २० गते मङ्गलवार

दाङ उद्योग वाणिज्य संघको अध्यक्ष पदका उमेदवार गहतराज नेतृत्वको प्यानलको घरदैलो अभियान तीव्र

तुलसीपुर, २० असोज । दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचन आउन अब चार मात्र बाँकी रहेको छ । यहि २४ गते हुने निर्वाचनको मिति नजिकिदै गर्दा साझा व्यवसायीक प्यानलले प्रचारप्रसार अभियानलाई तिव्र पारेको छ । संघको अध्यक्ष पदका उमेदवार ध्रुव कुमार गहतराज नेतृत्वको प्यानलले निर्वाचनलाई लक्षित गर्दै मतदाताहरु संगको भेटघाट तथा घरदैलो कार्यक्रमलाई तिव्र पारेको छ । अध्यक्ष पदका उम्मेदवार गहतराजसहित उम्मेदवारहरू घोराहीका विभिन्न क्षेत्रमा पुगेर उद्योगी, व्यवसायी तथा शुभेच्छुकहरूसँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना एजेण्डा र प्रतिबद्धता बारे जानकारी गराउँदै मत माग्न थालेका छन् ।

घरदैलो अभियानका क्रममा उम्मेदवारहरूले व्यवसायीका समस्या, चुनौती र आवश्यकताबारे छलफल गर्दै उद्योग तथा व्यवसाय क्षेत्रको विकास, व्यवसायीको हकहित संरक्षण र प्रभावकारी व्यावसायिक वातावरण निर्माणलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्। संघको अध्यक्ष पदका उमेदवार गहतराजले अफु बर्तमान उद्योग उपाध्यक्ष भएको नाताले व्यवसायीहरुको पिरमर्कालाई राम्रो संग बुझेको बताउदै आफनो पक्षमा भोट माग्नु भएको छ ।

आफु संघको जिल्ला अध्यक्षमा विजयी भएपछि समग्र व्यवसायीको हकहितको पक्षमा काम गर्ने, समृद्धि दाङ बनाउन निस्वार्थ रुपमा काम गर्ने बताउनु भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघ लुम्बिनी प्रदेशका सभापतीस् समेत रहनु भएका गहतराजले आफु र आफनो टिमलाई भोट दिएर जिताउन अपिल गर्नुभएको छ । साथै उहाले आम व्यवसायी र मतदाताहरुको भोट खेर जान नदिने प्रतिवद्धता जनाउनु भएको छ ।

प्रकाशित मिति : २०८३ असोज २० गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।