२०८३ असोज २० गते मङ्गलवार

देउखुरी क्षेत्रबाट एक महिला विस्फोटक पदार्थ पटका सहित पक्राउ

फोटो फाईल

तुलसीपुर, २० असोज । दाङको देउखुरी क्षेत्रबाट एक महिला विस्फोटक पदार्थ पटका सहित पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा राजपुर गाउँपालिका ३ करङगाखोला बस्ने ६७ बर्षिया खिमा पुन रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

पुनले घरमा अवैध रुपमा पटका राखेको भन्ने गोप्य सुचनाको आधारमा प्रदेश प्रहरी कार्यालय , ईलाका प्रहरी कार्यालय गढवा र प्रहरी चौकी बेलाबाट खटिएको प्रहरीको टोलीले खोजतलासी गर्दा चार लाख १९ हजार पाँच सय रुपैया बराबरको विभिन्न किसीमका पटकाहरु सहित पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका पुन माथी विस्फोटक पदार्थ सम्बन्धी कसुरमा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धन भईरहेको प्रहरलिे जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८३ असोज २० गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।