२०८३ असोज १८ गते आइतवार

दाङमा एकै महिनामा एक सय १३ उजुरी दर्ता

दाङ,१७ असोज । दाङ प्रहरीमा एक महिनामा एक सय १३ उजुरी दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय दाङले शुक्रबार पत्रकार भेटघाट गर्दै गत भदौ महिनामा एक सय १३ उजुरी दर्ता भई मुद्दा चलाइएको र त्यसमा संलग्न ९५ जना व्यक्ति पक्राउ परेको जानकारी दिएको हो । जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी डा. हेमबहादुर केसीले मासिक प्रगति प्रस्तुत गर्दै जघन्य तथा गम्भीर अपराधका २६, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित छ, आर्थिक अपराधका १० र अन्य अपराधका ७१ गरी एक सय १३ उजुरीमा मुद्दा चलाइएको जानकारी दिनुभयो । तथ्याङ्कअनुसार अभद्र व्यवहारका छ, ज्यान मार्ने उद्योगका एक, बहुविवाहका एक, बैंकिङ कसुरका १०, जबर्जस्तीकरणीका तीन, सवारी अंगभंगका दुई, जबर्जस्तीकरणी उद्योगका एक, लागूऔषधका १६, झुण्डी मृत्युका १५, ज्यान सम्बन्धी कसुरका दुई, सवारी चोरीका दुई, विष सेवन गरी आत्महत्याका छ, फुटकर ज्यानका नौ, सवारी ज्यानका दुई, जुवाका दुई, भवितव्य ज्यानका १३, बालयौन दुरुपयोगका एक, साधारण चोरीका १९, विद्युतीय कारोवारका एक र विष्फोटक पदार्थका एकवटा मुद्दा दर्ता गरिएको छ ।

प्रहरी तथ्याङ्कअनुसार भदौ महिनामा महिला तथा बालबालिकासम्वन्धी उजुरी एक सय ६२ वटा दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय दाङमा ६१, इलाका प्रहरी कार्यालय तुलसीपुरमा ७१, इलाका प्रहरी कार्यालय गढवामा १९, इलाका प्रहरी कार्यालय भालुबाङमा आठ, वडा प्रहरी कार्यालय लमहीमा एक, इलाका प्रहरी कार्यालय अमिलियामा आठ, इलाका प्रहरी कार्यालय खिलतपुरमा एकवटा उजुरी परेका थिए । वडा प्रहरी कार्यालय घोराहीमा भने कुनै पनि उजुरी परेनन् । यस्तै घरेलु हिंसा सम्बन्धी उजुरी २१ वटा परेका र ती सबैमा मिलापत्र गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । जसमा घरायसी झैझगडासम्बन्धी पाँच, घरमा खान र बस्न नदिएको तीन, कुटपिट तथा घाउ जाँच केश फारम पाँच, विवाह दर्ता र नागरिकता नबनाइदिएको दुई, मादक पदार्थ सेवन गरी गालीगलौज गरेको छ गरी २१ उजुरी दर्ता भएका थिए ।

यस्तै महिला बालबालिकासम्बन्धी ठाडो उजुरी ७३ वटा आएका थिए । प्रहरीका अनुसार सामान्य झैझगडा तथा गाली गलौजका ३४, कुटपिट घाउजाँचका पाँच, बच्चाको विषयलाई लिई झैझगडा सात, मादक पदार्थ सेवन गरी गाली गलौज गरेका २१, पुरानो रिसिइवी लिई झै झगडा तीन, सामान्य लेनदेन एक र छोरी भगाइ लिई गएको विषयमा विवाद दुईवटा परेका थिए । ७३ मध्ये ७० मा मिलापत्र गराइ पठाइएको र तीनवटा प्रक्रियामा रहेको प्रहरीले जनाएको छ । युगबोध बाट साभार गरिएको हो ।

प्रकाशित मिति : २०८३ असोज १७ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।