तुलसीपुर १६ असोज । तुलसीपुर उपमहानगरपालिका–११ का वडा अध्यक्ष मानबहादुर रावतले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा महाधिवेशन प्रतिनिधिहरुलाई बधाई ज्ञापन गर्नुभएको छ । वडा अध्यक्ष रावतले कांग्रेसको १५औँ महाधिवेशन अन्र्तगत दाङ निर्वाचन क्षेत्र नम्वर ३ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित पूर्वमन्त्री दीपक गिरी र शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेत, क्षेत्र नम्वर ३ को को उपसभापतिमा निर्वाचित पुष्पराज गिरी र प्रदेश अधिवेशन प्रतिनिधिमा निर्वाचित गौरव गिरीलाई खादा तथा माला लगाएर सम्मान तथा बधाई ज्ञापन गर्नुभएको हो ।
कार्यक्रममा वडा अध्यक्ष रावतले फरक राजनीतिक दल र विचार भए पनि आफ्नो क्षेत्र तथा जिल्लाका नेताहरू महत्वपूर्ण जिम्मेवारीमा पुग्दा त्यसबाट दाङको विकास र समृद्धिमा सकारात्मक योगदान पुग्ने धारणा राख्नु भएको हो । उहाले पूर्वमन्त्री दीपक गिरी केन्द्रीय तहमा थप जिम्मेवारीमा पुग्न सके दाङको विकास निर्माणले अझ गति लिन सक्ने बताउनुभयो । रावत नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ ।





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।