२०८३ असोज १६ गते शुक्रवार

हिम्लुङ हिमालको हिमपहिरोमा परेर मृत्यु हुनेको संख्या १५ पुग्यो

फोटो फाईल

काठमाडौँ, १६ असोज । मनाङको हिम्लुङ हिमालमा गएको हिमपहिरोमा परेर मृत्यु हुनेको संख्या १५ पुगेको छ । विहिवार बिहान चार जनाको शव भेटिएकोमा दिउँसो फेरि चार जनाको शव भेटिएको नेपाल नेशनल माउन्टेन गाइड एसोसिएशनले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ ।

यस अघि बुधवार सम्म सात जनाको शव भेटिएको थियो । यो संगै हिम्लुङ हिमपहिरोमा परेर मृत्यु हुनेको संख्या १५ जना पुगेको छ । एक जना अझै हराइरहेका छन् । मनाङको नार्पाभूमि गाउँपालिका–५ मा रहेको हिम्लुङ हिमालको आधार शिविरमा गत असोज ११ गते अर्थात् गएको आइतवार बिहान हिमपहिरो गएको हो ।

प्रकाशित मिति : २०८३ असोज १६ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।