२०८३ असोज १५ गते बिहिवार

सल्यानमा ओडारमा लुकाइएका ८ नाल भरुवा बन्दुक बरामद

फोटो फाईल

सल्यान, १५ असोज । सल्यानको बनगाड कुपिण्डे नगरपालिकाका दुई वटा सामुदायिक वनबाट प्रहरीले लुकाइछिपाई राखिएका ८ नाल भरुवा बन्दुक बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरी टोलीले बुधबार बिहानको समयमा बनगाड कुपिण्डे नगरपालिका–७ स्थित सल्लेरी सामुदायिक वनमा  ४ नाल र वडा नम्बर १२ स्थित निगालचुला भदाले सामुदायिक वनको ओडारबाट  ४ नाल भरुवा बन्दुक फेला परेको प्रहरीले जनाएको छ।।

दुवै सामुदायिक वनका ओडारबाट गरी जम्मा ८ नाल भरुवा बन्दुक बरामद  गरिएको हो । बरामद भएका बन्दुक कसले र के प्रयोजनका लागि सामुदायिक वनमा लुकाएर राखेको भन्ने विषयमा प्रहरीले थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। ।

प्रकाशित मिति : २०८३ असोज १५ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।