२०८३ असोज १५ गते बिहिवार

​बाढी पीडितलाई युनाइटेड एकेडेमीको ४६ हजार सहयोग

​तुलसीपुर, १५ असोज । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ मा सञ्चालित युनाइटेड एकेडेमीले बाढी पीडितको राहतका लागि ’प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा रु ४६,४४५ (छयालीस हजार चार सय पैंतालीस रुपैयाँ) सहयोग हस्तान्तरण गरेको छ। ​देशमा आएको प्राकृतिक महाविपत्ति र संकटको घडीमा सम्पूर्ण नेपालीको साझा साथ र सहयोग हुनुपर्ने भावनाका साथ उक्त रकम हस्तान्तरण गरिएको विद्यालयले जनाएको छ। ​बाढी तथा पहिरो पीडित नागरिकहरूको उद्धार र राहतका लागि विद्यालय, शिक्षक–शिक्षिका, कर्मचारी तथा साना बालबालिकाहरूले आफ्नो खाजा खर्चबाट समेत स्वेच्छिक रूपमा रकम संकलन गरी योगदान गरेको विद्यालयका प्रिन्सिपल केशवराज भट्टराईले जानकारी दिनुभयो।
प्रकाशित मिति : २०८३ असोज १५ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।