२०८३ असोज १५ गते बिहिवार

तुलसीपुरका व्यवसायी घर्तिले जन्मोत्सवमा ५० थान स्कुल ब्याग सहयोग

तुलसीपुर, १४ असोज । नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य तथा तुलसीपुरका व्यवसायी टोपबहादुर घर्तीले आफ्नो जन्मोत्सव सामाजिक सेवा मार्फत मनाउनुभएको छ। तुलसीपुर चेम्वर अफ कर्मसका निवर्तमान अध्यक्ष समेत रहनु भएका घर्तीले आज बुधबार नेपाल मानव धर्म सेवा समिति तुलसीपुरमा पुगेर ५० वटा विद्यालय झोला सहयोग गर्नुभएको हो। समितिले सञ्चालन गर्दै आएको शैक्षिक अभियानमा सहयोग पुगोस् भन्ने उद्देश्यले जन्मदिनको अवसर पारेर झोला वितरण गरेको उहाँले बताउनुभयो।

जन्मोत्सवमा हुने फजुल खर्चलाई निरुत्साहित गर्दै सामाजिक सेवामा योगदान गर्ने सन्देश दिन आफूले शैक्षिक सामग्री सहयोग गरेको घर्तीको भनाइ छ। साथै सो अवसरमा उहाँले समितिको आश्रममा आश्रय लिएर बसेका करिब १०० जना बेसहारा, दुःखी तथा गरिबलाई भोजन समेत गराउनुभएको छ। जन्मदिनमा हुने खर्चलाई सामाजिक सेवामा लगाउन सके त्यसले अरूको जीवनमा पनि खुशी ल्याउन सक्छ भन्ने सन्देश दिन आफूले यसरी जन्मोत्सव मनाएको घर्तीले बताउनुभयो ।

प्रकाशित मिति : २०८३ असोज १४ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।