फोटो फाईल
काठमाडौ, १४ असोज । एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री डा.स्वर्णिम वाग्ले आज स्वदेश फर्किनु भएको छ । कतार एयरवेजको जहाजमार्फत उहा आज बिहान पौने बजे काठमाडौं फर्किनु भएको हो । भ्रमण नेपालको महत्त्वपूर्ण पूर्वाधार विकासका लागि बैंकको लगानी विस्तार, प्रविधि हस्तान्तरण र सदस्य मुलुकहरु बीच थप सहकार्यका लागि फलदायी भएको मन्त्री वाग्लेले बताउनुभयो ।
बैठकमा भाग लिन उहा गत असोज १० गते कतारको राजधानी दोहा जानु भएको थियो । बैठकले वार्षिक बैठकले अर्थमन्त्री एवं एआईआईबीको गभर्नर परिषद्का गभर्नर डा.स्वर्णिम वाग्लेलाई सन् २०२६–२७ कालागि उपसभापतिमा निर्वाचित गरेको छ। सो बैठकले क्षेत्रीय सदस्य राष्ट्रहरूमध्येबाट नेपाललाई उपसभापतिमा निर्वाचित गरेको हो।
प्रकाशित मिति : २०८३ असोज १४ गते बुधवार





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।